२४ घण्टामा ३८१ जनामा कोरोना संक्रमण

२४ घण्टामा ३८१ जनामा कोरोना संक्रमण

२१ साउन, काठमाडौं । 
पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ८१ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधलबार नियमित लाइभ अपडेटमा थप ३ सय ८१ जनामा कोरोना सङ्क्रण देखिएपछि संक्रमितको कुल सङ्ख्या २१ हजार ३ सय ९० पुगेको जानकारी दिएका छन् । 

यस्तै गएको २४ घण्टामा थप एक सय ३० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १५ हजार एक सय ५६ पुगेको छ । 

साथै पछिल्लो २४ घण्टामा थप दुई जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६० पुगेको मन्त्रालयले जनाएको छ । 

अहिले देशैभर ६ हजार १ सय ७४ जना आइसोलेसनमा छन् भने ९ हजार ९ सय २५ जना क्वरेण्टीनमा छन् । अहिलेसम्म ४ लाख १२ हजार ९ सय ५३ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण भएको छ ।