प्रियंकाको जन्मदिनमा निकले पठाए लिलामीको वाइन उपहार

प्रियंकाको जन्मदिनमा निकले पठाए लिलामीको वाइन उपहार

काठमाडौं, ६ साउन ।
बलिउड अभिनेत्री प्रियंका चोपडाको जन्मदिन विशेष बनेको छ । 

प्रियंकाको जन्मदिन विभिन्न कारणले विशेष बन्यो ।  छायांकनका क्रममा अहिले लण्डनमा रहेकी प्रियंकाको लागि उनका श्रीमान् निक जोनसले पठाएको गिफ्ट भने यतिबेला सामाजिक संजालमा सर्वाधिक चर्चामा छ । निकले आफ्नी पत्नीलाई पठाएको उपहारले विषेश चर्चा पायो ।

आफ्नो ३९ औं जन्मदिन मनाइरहेकी प्रियंकालाई निकले लागि वाइन गिफ्ट गरेका थिए । तर, यो वाइन चर्चामा रहनुका कारण निकले अमेरिकाबाट प्रियंकालाई १९८२ शेटो मुटेन रोथशील्डको वाइनको मुल्य हो । 

 फ्रान्सको बोर्डोमा यो दुर्लभ वाइन निकै महंगो हो । लिलामीमा मात्र पाइने यो वाइनको मुल्य १० हजारदेखि १३ हजार पाउन्ड रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । 

निकले महंगो मुल्यको गिफ्ट पठाएपछि प्रियंकाले धेरै माया भन्दै इन्स्टाग्राममा फोटो शेयर गरेकी छिन् ।