१३ वर्षीया जापानी खेलाडी जसले टोक्यो ओलिम्पिक्समा स्वर्ण पदक जितेर रचिन् इतिहास

१३ वर्षीया जापानी खेलाडी जसले टोक्यो ओलिम्पिक्समा स्वर्ण पदक जितेर रचिन् इतिहास

काठमाडौं, १२ साउन । 
जापानकी १३ वर्षीया मोमिजी निशियाले टोक्यो ओलिम्पिक्स(२०२० मा महिला स्ट्रीट स्केटबोर्डिङमा पहिलो पटक ओलम्पिक स्वर्ण पदक जितेर इतिहास रचेकी छन्। 

उनी टोक्यो ओलिम्पिक्समा पहिलो पटक समाविष्ट खेलमा प्रतिस्पर्धा गरिरहेकी थिइन्। स्केटबोर्डिङ ओलिम्पिक्समा समावेश गरिएका पाँच नयाँ विधामध्येको एउटा खेल हो।

"मैले जित्छु भन्ने सोचेकी थिइनँ तर म नजिकैका मानिसले मलाई हौसला दिए। त्यसैले म खुसी छु," उनले भनिन,  "म जापानमा ओलिम्पिक जितेर खुसी छु। अनि म सबैभन्दा कम उमेरका प्रतियोगीमध्ये एकका रूपमा पहिलो ओलिम्पिक जित्दा निकै प्रसन्न छु।"

रजत पदक जित्ने ब्रजिलकी रेयसा लिएल पनि १३ वर्षकै छिन्। कांस्य पदक जित्ने जापानकी फुना नाकायामा १६ वर्षकी छन्।

महिला स्ट्रीट स्केटबोर्डिङ ओलिम्पिक्स गेम्सको इतिहासमा सबैभन्दा कम उमेरको व्यक्तिगत स्पर्धा हो। यसमा खेल्ने खेलाडीको औसत उमेर १४ वर्ष १९१ दिन थियो।

हालसम्मकै सबैभन्दा कान्छा ओलिम्पिक विजेताको कीर्तिमान मार्जोरी गेस्टिङको नाममा छ।

उनले सन् १९३६ को बर्लिन गेम्समा १३ वर्ष २६७ दिनको उमेरमा स्प्रिङबोर्डमा पदक जितेका थिए।