अमेरिकी अन्तरिक्ष यात्रीले गरिन अन्तरिक्षबाट मतदान

अमेरिकी अन्तरिक्ष यात्रीले गरिन अन्तरिक्षबाट मतदान

ऐजेन्सी, ७ कार्तिक । 
अमेरिकी अन्तरिक्ष यात्री केट रुबिन्सले अन्तरिक्ष बाट मतदान गरेकि छन् ।

अमेरिकाको राष्ट्रपति चुनावका लागि हाल अन्तरिक्षमा रहेकी अन्तरिक्ष यात्री रुबिन्सले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाटै मतदान गरेको नासाले जानकारी दिएको छ । 

रुबिन्सले पृथ्वीभन्दा ४ सय ८ किलोमिटर माथीबाट शुन्य गुरुत्वाकर्षणमा इलेक्ट्रोनिक डिभाइसको सहायताले सफलतापूर्वक मतदान गरेकी हुन् । 

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले रुबिन्सको भनाई उद्रित गर्दे लेखेको छ, 'अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट मैले आज मतदान गरे ।' 

टेक्ससको ह्युस्टनस्थित नासाको स्पेस सेन्टरको घर हेरिस काउन्टीमा क्लर्कको कार्यालयले बनाएको सुरक्षित इलेक्ट्रोनिक मतपत्र आईएसएसलाई ईमेल मार्फत पठाइएको र उक्त मत आधिकारिक गणनामा पठाइएको नासाले जानकारी दिएको छ । 

रुबिन्सले अन्तरिक्ष बाट मतदान गर्न सकिन्छ भने, पृथ्वीका मानिसले मतदान गर्न कुनै बाहना बनाउन नहुने बतएकी छन् । 

अमेरिकामा सने १९९७ बाट अन्तरिक्षबाट पनि मतदान गर्न पाइने कानुन छ ।