काश्मिर हमलामा सात जना भारतीय सैनिकको मृत्यु

काश्मिर हमलामा सात जना भारतीय सैनिकको मृत्यु

फागुन ६, काठमाडौं । भारतको  काश्मिरमा पृथकतावादी विद्रोहीसँग भएको भीषण गोली हानाहानमा आइतबार कम्तीमा सात जना भारतीय सैनिकको मृत्यु भएको छ । 

काश्मिरको पुल्वामा गत बिहीबार विद्रोहीको आत्मघाती आक्रमणबाट ४१ जना अर्धसैनिकको मृत्यु भएको थियो । सोही आक्रमणको अनुसन्धान एवं आक्रमणकारीको खोजीमा निस्केका सैनिकमाथि विद्रोहीले आक्रमण गरेको अन्तराष्टिय सञ्चारमाध्यमले जनाएका छन् ।


पुल्वामामा भएको आत्मघाती आक्रमणमा पाकिस्तानको हात रहेको भारतले दाबी गर्दै आएपनि पाकिस्तानले भने बिनाप्रमाण दोष लगाउनु गलत भन्दै बिज्ञप्ती निकालेको छ ।  

यस आक्रमणको जैस ए–मोहम्मद इस्लामिक समूहले जिम्मेवारी लिएको र उक्त आतङ्ककारी समूहलाई पाकिस्तानले पूर्णरुपमा स्वतन्त्रता दिएको र पाकिस्तानको नै नियन्त्रणमा यसले बढावा पाइरहेको भारतको दाबी छ । 

गत शुक्रबार भारतको मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्ककारी समूह र उनका मालिकले ठूलो गल्ती गरेका र यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिएका थिए ।