चीनले पाँच दिनमा बनायो १५ आइसोलेसन सेन्टर

चीनले पाँच दिनमा बनायो १५ आइसोलेसन सेन्टर

ऐजेन्सी, ४ माघ, । 

चीनको उत्तरी सहर हेबेइको एक सहरमा गएका पाँच दिनमा १५ वटा आइसोलेसन सेन्टरका कोठाहरु निर्माण गरेको छ। हेबेइ प्रान्तका स्थानीय अधिकारीहरुले शनिबार सो जानकारी दिएका हुन् । 

एउटा नयाँ बन्न लागेको कारखानाको जमिन प्रयोग गरेर सोही जमिनमा ती आइसोलेसन सेन्टरहरु निर्माण गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

समाचारमा जनाइएअनुसार चीनमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरु देखिन थालेकोले यसका लागि ती स्थानहरुमा आइसोलेसन सेन्टर बनाउने काम थालिएको हो ।चीनको नाङगोङ सहरमा यो सेन्टर बनाउन थालिएको छ । उक्त प्रान्तका अधिकारीहरुले ६५ सय वटा कोठा बनाउने योजना रहेको बताएका छन् ।

आइसोलेसेन सेन्टरका रुपमा प्रयोग गर्ने भनिएका ती कोठाहरु प्रत्येकको क्षेत्र १८ स्क्वायर मिटर रहेको बताइएको छ ।ती सबै कोठाहरुमा सौचालय र बाथरुम, हिटर, बेड तथा बाथ टप समेत रहेका ती अधिकारीले जनाएका छन् । अधिकारीका अनुसार सो क्षेत्रमा नै वाइफाइको सकेत व्यवस्था गरिएको छ ।

हेबेइ प्रान्तको सिनजियाङभन्दा केही पर रहेको नाङगोङ सहरमा पछिल्ला केही दिनयता कोरोना भाइरसका सङ्क्रमितहरु भेटिएकोले उनीहरुको व्यवस्थापनका लागि यी आइसोलेसन सेन्टरहरु निर्माण गरिएका बताइएको छ । केही दिनयतादेखि चीनका कतिपय सहरहरुमा कोरोना भाइरसका सङ्क्रमितहरु भेटिएका समाचारहरु आइरहेको छ । 

दुई सिफ्टमा गरी ३०० जना कामदारलाई लगाएर पााच दिनको बीचमा १५ सय वटा आइसोलेसन कोठाहरु निर्माण गरिएको हो । उक्त क्षेत्रमा मात्र ६५ सय वटा यस्तै कोठा बनाइने योजना रहेकोले अहिलेकै गतिमा सो कार्य पनि सकिने इन्जिनियरले जानकारी दिका छन् ।