तालिबानी विद्रोहीको भिडन्तमा अफगानिस्तानमा एकैदिन ५९ जनाको मृत्यु

तालिबानी विद्रोहीको भिडन्तमा अफगानिस्तानमा एकैदिन ५९ जनाको मृत्यु
file photo

एजेन्सी, २५ चैत । 
द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा विगत २४ घण्टाको अवधिमा विद्रोहीहरुका क्रियाकलाप एवं भिडन्तमा परेर ५९ जनाको मृत्यु भएको छ । 

अफगान युद्धको अनुगमन गरिरहेको समूहका अनुसार विगत २४ घण्टामा ८ जना सर्वसाधारण, ९ जना सैनिक र ४२ जना तालिबानी लडाकूको ज्यान गएको छ । 

हिंसा न्यूनीकरण समूहले हिंसामा परेर ३० जना सर्वसाधारण, ३८ जना तालिबानी लडाकू र सात जना सुरक्षाकर्मी घाइते भएको जनाएको छ । 

समूहका अनुसार अफगानिस्तानका १५ स्थानमा हिंसाका घटनाहरु भएका थिए ।