पाकिस्तानी सेनाले खसाल्यो भारतीय वायु सेनाका दुई जहाज

पाकिस्तानी सेनाले खसाल्यो भारतीय वायु सेनाका दुई जहाज
तस्विर सौजन्य : setopati

फागुन १५, काठमाडौं । नियन्त्रण रेखा (एलओसी) पार गरेर घुसपैठ गरेका भारतीय वायुसेनाको दुई विमान खसालेको पाकिस्तानी सेनाले दाबी गरेको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गरेर पाकिस्तानी वायु सेनाले पाकिस्तानी एयर स्पेसमा प्रवेश गर्ने दुई भारतीय लडाकू विमान खसालेको जानकारी दिएका छन् ।

दुई लडाकू विमानमध्ये एक एजेएण्डके मा खसेको र अर्को आईओकेमा खसेको आसिफले बताएका छन् । एक भारतीय पाइलटलाई पक्राउ गरिएको पनि गफूरले ट्वीटमार्फत जानकारी दिएमा छन् ।

उता पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले भनेका छन्, ‘पाकिस्तानी वायु सेनाले आफ्नो वायु सीमाभित्र बसेर नियन्त्रण रेखाको अर्कोतर्फ बमबारी गरेको छ ।’