श्रीलङ्काकामा भएको बिस्फोटमा परी मृत्यु हुनेको संख्या १३८ पुग्यो

श्रीलङ्काकामा भएको बिस्फोटमा परी मृत्यु हुनेको संख्या १३८ पुग्यो
तस्विर सौजन्य : CNN

 बैशाख ८, काठमाडौं । 
श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल र विभिन्न चर्चमा आइतबार भएका शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १३८ जना पुगेको  छ भने ५०० जनाभन्दा बढी घाइते भएका छन्।

पहिलो बिस्फोटन राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको सेन्ट सेबास्टियन चर्चमा भएका थिए। चर्चमा बिस्फोट भएलगत्तै राजधानीका तीनवटा होटलमा पनि आक्रमण भएको प्रहरीले जनाएको छ। राजधानी कोलम्बोका साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटलमा पनि बिस्फोट भएका छन्।  पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको एक चर्चमा पनि बिस्फोट भएको छ।

बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन्। गिर्जाघरमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी रहेको बताइएको छ। 

हालसम्म उक्त घटनाको जिम्मेवारी कसैले लिएको छैन।