भारतमा मोदीको ऐतिहासिक जित

भारतमा मोदीको ऐतिहासिक जित
तस्विर सौजन्य : CNN

जेठ ९, काठमाडौं । 
भारतको लोकसभा चुनावमा नरेन्द्र मोदी गठबन्धनले ऐतिहासिक सफलता पाएसँगै भारतमा फेरि ५ वर्ष मोदी शासन पक्का भएको छ ।

जारी मतगणनाले भाजपा एक्लै बहुमत र एनडीए गठबन्धन ३४८ सिटमा जित देखाएको छ । चुनावमा पश्चिम बंगालमा भाजपाले ऐतिहासिक सफलता पाएको छ भने उत्तर प्रदेशमा महागबन्धनले धेरै क्षति पुर्‍याउन सकेन ।

लोकसभा चुनावमा पाएको ऐतिहासिक सफलतासँगै भाजपा कार्यकर्ताले देशभर खुसी मनाएका छन् । दिल्लीस्थित मुख्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री मोदी र भाजपा अध्यक्ष अमित शाहले सम्बोधन गरे । मोदीले यो आफ्नो नभई लोकतन्त्रको जित भएको बताए । 

कांग्रेसले २०१४ को तुलानामा केही सिट बढी जितेपनि मोदीको विजय रथ रोक्न असफल भएका अध्यक्ष राहुल गान्धीले हार स्वीकार गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

बिहीबार पत्रकार सम्मेलन गर्दै राहुलले चुनावी हारको जिम्मेवारी आफूले लिने बताएका छन् । तर, विचारधाराको लडाई जारी रहेको भन्दै विचलित नहुन पार्टीका नेता र कार्यकर्तालाई आग्रह गरे ।