अमेरिकामा पढ्न चाहनेलाई अमेरिकन सेन्टरमा आउन राजदूत बेरीको निम्तो

अमेरिकामा पढ्न चाहनेलाई अमेरिकन सेन्टरमा आउन राजदूत बेरीको निम्तो

जेठ १४, काठमाडौं ।
‘अमेरिकामा पढ्न चाहने विद्यार्थीलाई के सल्लाह दिनुहुन्छ ?’

अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई प्राचीले सोधेको प्रश्नमा निक्कै गज्जबले जवाफ फर्काउछन्, "प्राचीजी, प्रश्नका लागि धन्यवाद । अधिकांश विद्यार्थीहरुले शुरुमै अध्ययन भिसा बारे सोध्छन् । जबकि वास्तवमा अमेरिकामा अध्ययन गर्ने प्रक्रियाको तयारी गर्नकै लागि निक्कै समय र परिश्रम लाग्छ । यदी तपाईं सम्भावित विद्यार्थी हो भने, तपाईंलाई अमेरिकी दूतावासमा रहेको हाम्रो अमेरिकन सेन्टरमा आउन र हाम्रो एजुकेसन युएसए सम्बन्धी सल्लाहकारसँग भेट्न प्रोत्साहित गर्दछु ता कि तपाईंलाई अमेरिकामा अध्ययन गर्ने सम्बन्धी परीक्षा र तयारी बारे सही सूचना मिलोस।"

यहि प्रश्न उत्तरसँगै ‘अमेरिकी राजदूतसँग गफ गाफ’ कार्यक्रमको पहिलो अंकको प्रोमोका रुपमा सार्वजनिक गरिएको छ । ३४ सेकेन्डको उक्त भिडियोमा अमेरिकी शिक्षा तथा भिसा प्रक्रियाका विषयलाई देखाइएको छ । 

अध्ययनका लागि अमेरिका जान चाहनेहरुको जिज्ञासालाई समेट्ने गरी तयार पारिएको यो कार्यक्रमको अंकमा नेपाली विद्यार्थीको अमेरिकी शिक्षा प्रतिको मोह र त्यसका लागि अमेरिकी सरकार र नेपालस्थित अमेरिकी दूतावासले गर्ने सहयोगका विषयमा सल्लाह दिइएको छ ।

यसरी अमेरिकामा पढ्न जाने विद्यार्थीको संख्या बढ्सँगै सबैको एउटै जिज्ञासा हुने भएकाले सोही जिज्ञासालाई सम्बोधन गर्ने गरी नेपालस्थित अमेरिकी दूतावासले ‘गफगाफ’ शीर्षकमा कार्यक्रम तयार पारेको हो ।

केही बिवादमा तानीएको उक्त कार्यक्रम अन्तत प्रस्तुत गरिएको छ ।