मोदीले लिए सपथ

मोदीले लिए सपथ

जेठ १६, काठमाडौं । 
लोकसभा चुनावमा भाजपा एक्लैको बहुमत र एनडीए गठबन्धनले अत्याधिक बहुमत पाएपछि आफ्नो दोस्रो कार्यकालमा लागी  प्रधानमन्त्री भएका नरेन्द्र मोदीले  सपथ लिएका छन् ।

विश्वकै ठूलो लोकतान्त्रिक मुलुक भारतका प्रधानमन्त्री मोदीले बिम्स्टेक सदस्य मुलुकका राष्ट्र प्रमुखलाई साक्षी राख्दै दोस्रोपटक प्रधानमन्त्री पदको शपथ खाएका हुन्। 

राष्ट्रपति भवनको फोरकोर्टको खुलामैदानमा भव्य समारोहबीच मोदीले बिहीबार साँझ राष्ट्रपति रामनाथ कोविन्दबाट प्रधानमन्त्री पदको शपथ लिएका हुन्।  गैरकांग्रेसी प्रधानमन्त्रीका रूपमा दोस्रो कार्यकालको शपथ लिने उनी पहिलो भारतीय प्रधानमन्त्री हुन्।

मोदीले ५९ सदस्यीय मन्त्रिपरिषद् गरेका छन्, जसमा अधिकांश पुरानै अनुहार छ । तर, १९ नयाँ अनुहार आएका छन् ।

शपथ ग्रहण समारोहमा बिम्स्टेक सदस्य मुलुकका नाताले प्रधानमन्त्री केपी शर्मा ओली पनि उक्त कार्यक्रममा सहभागी भएका छन् ।