राजपाक्षे बने श्रीलंकाका नयाँ राष्ट्रपति

राजपाक्षे बने श्रीलंकाका नयाँ राष्ट्रपति

एजेन्सी, १ मंसिर
श्रीलंकाको आठौं राष्ट्रपतीय निर्वाचनमा गोतबया राजापाक्षले जीत हासिल गरेका छन् । 

श्रीलंकाको बहुसंख्यक सिन्हाला समुदायमाझ लोकप्रिय राजापाक्षेले नरमपन्थी सजिथ प्रेमदासालाई उछिनेका हुन् । वर्तमान सरकारमा आवास मन्त्री रहेका सजिथ प्रेमदासाले एक वक्तव्य जारी गर्दै आफ्नो हार स्वीकार गरेका छन् । प्रेमदासाले ‘जनताको निर्णयलाई सम्मान’ गर्ने वक्तव्यमा बताएका छन् । 

मतपरिणाममा ७० वर्षका राजापाक्षले पहिले आशा गरिएजस्तै सिन्हाला वौद्ध बहुसंख्यकबाट धेरै मत पाएको देखिएको छ ।  तर अल्पसंख्यकहरुको सघन बसोबास रहेको क्षेत्रमा भने राजापाक्षले निक्कै कम मत पाएका छन् ।

गोतबया राजापाक्षेले चुनावी प्रचारको समयमा आफ्नो शासनमा राष्ट्रिय सुरक्षालाई जोड दिने बताएका थिए ।  गोतबयाले चुनावी यालीको क्रममा आफ्ना दाई महिन्द्रा राजापाक्षेलाई प्रधानमन्त्री चुन्ने वाचा गरेका थिए । त्यस्तै उनले गृहयुद्धकालीन समयमा मानवअधिकार हनन्को आरोप लागेर जेलमा रहेका सेना कमाण्डरलाई रिहा गर्ने बताएका छन् ।