पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय

पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय

पुस १, एजेन्सी । 
पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

लाहोर उच्च अदालतका ३ जना न्यायाधीशको इजलाशले मुशर्रफलाई संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको कसुरमा दोषी देखाउदै उक्त सजाय सुनाएको हो । 

सन् २००७ मा देशमा संकटकाल लगाएको अभियोगमा मुशर्रफविरुद्ध सन् २०१३ मा मुद्दा दर्ता भएको थियो । हालसम्म सो मुद्दा विचारधिन थियो । पाकिस्तानी सेनाका प्रमुख मुशर्रफले सन् १९९९ मा नवाज शरिफबाट सत्ता आफ्नो हातमा लिएका थिए । मुशर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानका राष्ट्रपति थिए ।

पाकिस्तानको इतिहासमा राष्ट्रप्रमुख भइसकेको व्यक्तिलाई मृत्युदण्डको फैसला सुनाइएको यो पहिलो घटना हो ।

उच्च अदालतले मुशर्रफको अनुपस्थितीमा उक्त निर्णय सुनाएको हो । अहिले उनी दुबईमा आफ्नो उपचार गराइरहेका छन् । केही दिन पहिले मुशर्रफले पठाएको एक भिडियो सन्देशमा आफुले देशलाई धोका नदिएको र देश विकासका लागी धेरै कामहरु गरेको बताएका थिए ।