भारतमा एक दिनमै १० लाखभन्दा बढीको कोरोना परीक्षण

भारतमा एक दिनमै १० लाखभन्दा बढीको कोरोना परीक्षण

काठमाडौं, ६ भाद्र । 
परालको आगोजसरी कोरोना संक्रमण फैलिरहेका छिमेरी राष्ट्र भारतमा कोरोना भाइरसको परीक्षण दायरा पनि दिनप्रतिदिन बढाउदै लगिएको छ । 

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च(आईसीएमआर) का अनुसार शुक्रबार मात्रै भारतमा १० लाख २३ हजार ८ सय ३६ जनाको नमुना परीक्षण गरिएको हो ।

आईसीएमआर का अनुसार भारतमा एकैदिनमा गरिएको यो परीक्षण अहिलेसम्मकै धेरै हो ।  अगस्ट २१ सम्म भारतमा जम्मा ३ करोड ४४ लाख ९१ हजार ७३ नमुना परीक्षण गरिएको थियो।

भारतमा पछिल्लो २४ घण्टामा थप ६९ हजार ८ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै थप ९ सय ४७ जनाको मृत्यु भएको छ ।

भारतमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ हजार ७ सय नाघेको भने २९ लाख ७५ हजार ७ सय भन्दा बढि मानिसमा संक्रमण पुष्टि भएको छ ।