अस्वस्थताका कारण जापानका प्रधानमन्त्रीले दिए राजीनामा

अस्वस्थताका कारण जापानका प्रधानमन्त्रीले दिए राजीनामा

ऐजेन्सी, १२ भाद्र । 
जापानी प्रधानमन्त्री सिन्जो आबेले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका छन् ।

युवा अवस्था देखिनै अल्सरेटिभ कोलाइटिसको समस्या भोगिरहेका आबेल अस्वस्थताका कारण राजीनामा दिएको बताएका छन् ।

आफ्नो अस्वस्थताका कारणले सरकारको निर्णय प्रक्रियामा कुनै असर नपरोस् भनेर आफूले राजीनामा गरेको उनले बताएका आबेले आफ्नो कार्यकाल पूरा गर्न नसकेकोमा जनतासमक्ष माफी समेत मागेका छन् ।

६५ वर्षे आबे सन् २०१२ देखि निरन्तर जापानको प्रधानमन्त्री पदमा थिए । उनी जापानको इतिहासमै सबैभन्दा लामो अवधी प्रधानमन्त्री बन्ने ब्यक्ति समेत हुन् । उनको कार्यकाल करिब एक वर्ष बाँकी थियो । 

आबेले सन् २००७ मा पनि अस्वस्थताकै कारण प्रधानमन्त्री पदबाट राजीनामा गरेका थिए ।

अब जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीले नयाँ अध्यक्ष र नयाँ प्रधानमन्त्री टुङ्गो लगाउने छ ।