योसिहिदे सुगा बने जापानका नयाँ प्रधानमन्त्री

योसिहिदे सुगा बने जापानका नयाँ प्रधानमन्त्री

३१ भाद्र, काठमाडौं । 
योसिहिदे सुगा जापानका नयाँ प्रधानमन्त्री भएका छन्।

बुधबार त्यहाँको तल्लो सदनमा भएको चुनावबाट सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी का नेता सुगा प्रधानमन्त्री चुनिएका हुन्।

निवर्तमान प्रधानमन्त्री सिन्जो आवेले स्वास्थ्यका कारण राजिनामा दिएपछि जापानको तल्लो सदनमा भएको मतदानबाट सुगा नयाँ प्रधानमन्त्री बनेका  हुन् ।

सिन्जो आबेका नेतृत्वको मन्त्रिपरिषद्का मुख्य सचिव समेत हुरेका सुगा आबेको बफादार सहकर्मीका समेत थिए । 

सुगाले जापानको तल्लो सदनमा भएको मतदानमा ४६२ मध्ये उहाँले ३१४ मत प्राप्त पाएका थिए ।