‌ओस्कार अवार्डका लागि आवेदन खुल्यो, यस्ता छन् नयाँ नियम

‌ओस्कार अवार्डका लागि आवेदन खुल्यो, यस्ता छन् नयाँ नियम

१३ असोज, ऐजेन्सी । 
९३ औं ओस्कार अवार्डमा लागि आवेदन खुला गरिएको छ । 

नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ‌प्रतिस्पर्धामा सहभागि हुन नेपाली फिल्मकर्मीलाई फिल्मको आवदेन बुझाउन आह्रवान गरेको छ । समितले असोज १३ गतेदेखि असोजको २९ गतेभित्रमा आवेदन  बुझाउन आह्वान गरेको हो । 

कोरोना महामारीका कारण दुई महिना पर धकेलिएको ९३ औं ओस्कार अवार्ड समारोह अप्रिल २५ का  लसएञ्जल्सको डल्बी हलिउड थिएटरमा सम्पन्न हुने भएको छ ।


यस्ता छन् नयाँ नियम
यो वर्ष महामारीले गर्दा प्रदर्शन हुन नसकेका फिल्मले पनि ओस्कारमा सहभागिता जनाउन पाउनेछन् । यसअघि फिल्म हलमा रिलिज भएर हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो । यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट फिल्म रिलिज रोकिएको पत्र नेपालको अस्कर कमिटीलाई बुझाउनु पर्नेछ । 

त्योसँगै प्रदशन रोकिएका फिल्म हलमा नलागी स्ट्रिमिङ साइटमा आएका छन् भने पनि तिनले सहभागिता जनाउन पाउनेछन् ।