जोर्जियामा दोहोर्याएर मतगणना गर्दा पनि ट्रम्पले हारे

जोर्जियामा दोहोर्याएर मतगणना गर्दा पनि ट्रम्पले हारे

वासिङ्टन, ५ मंसिर 
चुनावी मतगणनालाई थप विश्वसनीय बनाउने भन्दै अमेरिकाको जोर्जिया राज्यमा दोहोर्याएर गरिएको मतगणनामा फेरि पनि राष्ट्रपतिमा डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडेन नै विजयी भएक छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणनामा धाँधली भएको आरोप लगाएपछि त्यहाँ हातैले दोहोर्याएर मतगणना गरिएको हो । 

बाइडेनले यस जितसँगै राज्यबाट १६ निर्वाचक प्रतिनिधि (इलेक्टोरल मत) प्राप्त गरेका छन्। 

बाइडेनले पेन्सिल्भेनिया, मिचिगन र विस्कन्सिन राज्यमा विजयी भएसँगै गत नोभेम्बर ७ मै अनौपचारिक रुपमा विजयी घोषणा गरिएको छ, र जोर्जियाको मत पश्चात बाइडेनले ३०६ इलेक्टोरल मत प्राप्त गरेका छन् भने राष्ट्रपति ट्रम्पको भने २३२ मत छ । 

सन् २०१६ मा जोर्जियामा डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनको भन्दा ट्रम्पले ५ प्रतिशत बढी मत ल्याएर विजयी भएका थिए । 

जोर्जियामा सन् १९९२ पछि पहिलो पटक डेमोक्रेट उम्मेदवार बाइडेन विजयी हुनु भएका हुन् ।