युगान्डामा भएको हिंसात्मक प्रदर्शनमा कम्तिमा ३५ जनाको मृत्यु

युगान्डामा भएको हिंसात्मक प्रदर्शनमा कम्तिमा ३५ जनाको मृत्यु

कम्पाला, ५ मंसिर  
पूर्वी अफ्रिकी मुलुक उगान्डाको राजधानी कम्पालामा बुधबार भएको हिंसात्मक प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या कम्तिमा ३५ जना पुगेको छ । 

राष्ट्रपतिका विपक्षी उम्मेदवार रोबर्ट क्यागुलानीलाई गिरफ्तार गरेको विरोधमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि प्रदर्शनमा उत्रिएका व्यक्तिहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी स्वास्थ्य सेवाका निर्देशक मोजेज ब्यारुहांगाले मुलागो राष्ट्रिय अस्पतालमा उपचार गराइरहेकामध्ये ३५ जनाको मृत्यु भएको जानकारी दिए । 

उनीहरुलाई गोली लागेको तथा अश्रुग्यासबाट श्वास फेर्न कठिनाई भएको निर्देशक मोजेजले बताए । 

अस्पतालका उपनिर्देशक रोजमेरी ब्यानयीमाले अस्पतालमा ४६ जना घाइते भर्ना भएको जानकारी दिए । 

देशका विभिन्न भागमा भएका प्रदर्शनमा अरु पनि कैयौं व्यक्ति घाइते भएको प्रहरीको भनाई छ । यसर्थ घाइते र मृतकको संख्या अरु बढ्न सक्ने प्रहरी प्रवक्ता प्याट्रिक ओन्याङ्गोले बताए ।