सैनामैना ११ मा निशुल्क माक्स वितरण

सैनामैना ११ मा निशुल्क माक्स वितरण

१८ चैत्र, सैनामैना। 
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड को जोखिमलाई मध्येनजर गर्दै रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ११ मा निशुल्क माक्स वितरण गरिएको छ । 

बनकट्टी टोल विकास संस्थाको पहलमा न्युन आयस्रेात भएका दैनिक ज्यालामजदुरको रुपमा काम गर्ने मानिसहरु र अशक्त तथा वृद्य वृद्यालाई प्राथमिकतामा राखि करिब ३ सय पिस माक्स वितरण गरिएको बनकट्टी टोल विकास संंस्थाका अध्यक्ष गोविन्द पोख्रेलले जानकारी दिए । 

"यसभन्दा पहिले नगरपालिको पहलमा न्युन आय भएका व्याक्तिहरुलाई खाद्यान्न वितरण गरिसकेकाले त्यस्ता व्याक्तिलाई कोरोनाबारे प्रयाप्त ज्ञान नभएकाले जनचेतना जगाउदै हामीले माक्स वितरण गरेका छौ", उनेले भने, "आगामी दिनमा पनि यस क्षेत्रका मानिसलाई आवश्यक परेको खण्डमा जनचेतना फैलाउदै आवश्यक सामाग्री वितरण गर्ने योजनामा छौँ ।" 

टोल विकास समितिले माक्स, यसको प्रयोग गर्ने तरिका र कोरोना भाइरसबाट बच्ने उपाएहरु सिकाएका गएकाले ८६ वर्षिय स्थानिय नन्दराम सापकोटो आफु कोरोनाबारे सचेत रहेका बताउनुभयो ।