सैनामैनाको सामुदायिक वनमा एक किशोरी मृत फेला

सैनामैनाको सामुदायिक वनमा एक किशोरी मृत फेला

४ असोज, सैनामैना (रुपन्देही)  
रुपन्देहीको सैनामैना ११ स्थित सामुदायिक वनमा एक किशोरी मृत अवस्थामा फेला परेकी छन् ।

सैनामैना ९ स्थायी घर भएकी कृशला रसाईली आईतबार दिउसो सालको रुखमा झुण्डीएर मृत अवस्थामा फेला परेकी हुन् । 

आईतबार बिहान १० बजे सालझण्डी कम्युटर कक्षा पढ्न हिडेकी कृशला दिउसो मृत अवस्थामा भेटीएकी हुन् । घरबाट झण्डै २ किलोमिटरको दुरीमा रहेका कम्प्युटर इन्ष्टिच्यूट जानका लागी उनी सेतो बाेलेरो गाडी चढेर गएको प्रत्यक्षदर्शी स्थानियले बताए। 

"यहाँ च्याउ खोज्न आएका गाउँकै महिलाहरुले कृशलालाई झुण्डिएको अवस्थामा देखेपछि परिवार हुदै हामीकहाँ खबर आएको थियो", ईलाका प्रहरी कार्यालय सालझण्डीका इन्सपेक्टर कमल परियारले भने, "घटनाको खबर आउनसाथ हाम्रो टोली घटनास्थलमा पगेर अनुसन्धान कार्य अगाडी बढाएका छौ ।" किशोरीको शरिरमा कुनैपनि किसिमको बाहिरी चोट देखिदैन, अहिले किशोरी शब पोष्टमार्टमका लागी बुटवल पठाएको उनले बताए । 

किशोरी सानो रुखमा झुण्डीएको अवस्थामा देखेपछि स्थानियले यो घटना हत्या पनि भएको हुनसक्ने भन्दै अनुसन्धानमा जोड दिन माग गरेका छन् ।