नेपाली फिल्म ‘गुराँस’ लाई नेदरल्यान्डको स्क्रिप्ट फण्ड

नेपाली फिल्म ‘गुराँस’ लाई नेदरल्यान्डको स्क्रिप्ट फण्ड

काठमाडौं, १४ जेठ ।
सौरभ राईको निर्देशन रहने फिल्म ‘गुराँस
’ ले नेदरल्यान्डको स्क्रिप्ट डेभलपमेन्ट फन्ड जितेको छ । नेपाल र भारतको संयुक्त निर्माण रहने फिल्मले १० हजार युरो रकम रहेको हुबर्ट बल्स फन्ड प्राप्त गरेको हो ।

नेपाल र भारतको संयुक्त निर्माण रहने फिल्मलाई नेपालमा आइसफल प्रोडक्सनले निर्माण गर्दैछ ।

कालिम्पोङ मुलथलो भएको नेपालीभाषी सौरभको यो दोस्रो फिचर फिल्म हो । यसअघि उनले निर्देशन गरेको ‘निम्तो’ले ‘मुम्बई फिल्म फेस्टिभल’को सबैभन्दा ठूलो पुरस्कार ‘ग्रान्ड प्राइज’जितेको थियो ।

त्योभन्दा अघि उनले बनाएको सर्ट फिल्म ‘गुड’ क्यान्सको सिने फाउन्डेसनमा छनोट भएको थियो ।

निर्माता पोखरेलले फिल्ममा दुई वर्षदेखि फिल्ममा काम भइरहेको र हुबर्ट बल्सको फण्डसगै यसले गति पाउने बताए ।

‘सौरभसँग मेरो भेट केही वर्ष पहिले गोवाको फिल्म बजारमा भएको थियो । बीचमा उनले फिल्मको आइडिया सुनाए र मन परेपछि ल मिलेर गरौ भनेर हामीबीच सहमति थियो । सोही अनुसार काम भइरहेको छ,’ पोखरेलले भने, ‘यो रकमले हामी स्क्रिप्ट लेखनको काम सक्छौं । अर्को साल फ्लोरमा जाने सोचमा छौ ।’