फिल्मको सुटिङका क्रममा दुर्घटनामा परे विराज भट्ट, सुटिङ नै प्रभावित

फिल्मको सुटिङका क्रममा दुर्घटनामा परे विराज भट्ट,  सुटिङ नै प्रभावित

काठमाडौं, ११ साउन । 
भोजपुरी फिल्म सुटिङको क्रममा अभिनेता विराज भट्ट फिल्मको घाइते भएका छन् ।

भारतको लखनउमा भैरहेको भोजपुरी फिल्म 'आक्रोश' मा एक्सन दृश्य खिच्दा उनको बायाँ खुट्टाको घुँडामा समस्या आएको छ ।

अभिनेता भट्ट घाईते भएपछि यो फिल्मको सुटिङ समेत रोकिएको निर्माण पक्षले जनाएको छ ।

घुँडामा रगत जमेका कारण डाक्टरले उनलाई दुई साता आराम गर्न सल्लाह दिएपछि विराजले फिल्मको सुटिङ नै प्रभावित भएको हो ।

फिल्मलाई सन्दिप सिंहले निर्देशन गरिरहेको छन् भने फिल्ममा विराजसँगै प्राची सिंह, सन्जय पाण्डे, मनोज टाइगर लगायतका कलाकारको अभिनय छ ।