जन्मदिनमा जिग्रीले रक्षासँग ल्याए 'मञ्जुरी'

जन्मदिनमा जिग्रीले रक्षासँग ल्याए 'मञ्जुरी'

काठमाडौं, ४ साउन । 
पर्दामा दर्शकस्रोतालाई कलाकर्म गरेर मनोरञ्जन दिने कुमार कट्टेल 'जिग्री'ले पहिलोपटक आफ्नै स्वर रहेको गीत सार्वजनिक गरेका छन् । 

जिग्रीको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको 'मञ्जुरी' बोलको गीतमा कुमार कट्टेल जिग्री र मेलिना मैनालीले स्वर दिएका छन् ।   

दुई प्रेमीको रोमान्टिक मायाप्रेममा आधारित रहेर तयार पारिएको गीतमा शब्द, लय र संगित भीम विसीको रहेको छ। 

गीतमा जिग्री र रक्षा श्रेष्ठले प्रेमी बनेर अभिनय गरेका छन्। गीतको भिडियो निर्देशन दीपक आचार्य 'काकु'ले गरेका हुन् भने गीतको सम्पादन प्रविन भट्टले गरेका हुन् ।

द प्रिमियर प्रोडक्सन नामक युट्युबबाट सार्वजनिक गरिएको गीतमा जिग्री र रक्षाको जोडी म्युजिक भिडियोमा पनि सुहाएको भन्दै दर्शकले राम्रा प्रतिक्रिया दिएका छन् । 

जिग्रीले गीतमा पहिलोपल्ट स्वर दिएका हुन् । उनले गीतमा दिएको स्वरलाई धेरै दर्शक स्रोताले रुचाएका छन् ।