‘जिम्माल बाको छोरो’ मा दिलिप र इन्दिराको जोडी

‘जिम्माल बाको छोरो’ मा दिलिप र इन्दिराको जोडी

काठमाडौं, ८ साउन । 
नेपाल आइडलकी जज तथा गायिका इन्दिरा जोशी र रमेश बाबुको स्वरमा  रेकर्ड भएको  ‘जिम्माल बा को छोरो’ बोलको गीत सार्वजनिक भएको छ । 

गीतमा प्रकाश सापकोटाको शब्द रचना रहेको छ भने भिम ब. श्रेष्ठको संगीत छ ।  रोमान्टिक शैलीमा तयार पारिएको गीतको म्युजिक भिडियोमा दिलीप रायमाझी, गायिका इन्दिरा, गीता ढुंगाना र कमल सिंहको अभिनय रहेको छ ।

सुब्रत आचार्य निर्देशित भिडियोमा विकाश दाहालको सम्पादन रहेको छ ।

बुद्द थापाको छायांकन, प्रमोद भण्डारीले कोरियोग्राफी गरेको यस भिडियोमा सुनिल निउरेको स्क्रिप्ट तथा जया शर्माको क्रियटिभ निर्देशन रहेको छ ।

https://www.youtube.com/watch?v=1prrY8AqcIE