सवत्र आलोचना भएपछि हटाइएको ‘अबको तिज, नो व्रत प्लिज’ गीत पुन: युट्युवमा

सवत्र आलोचना भएपछि हटाइएको ‘अबको तिज, नो व्रत प्लिज’ गीत पुन: युट्युवमा

काठमाडौं, ९ साउन ।
गत वर्षको तिजमा गायिका सोफिया थापाले ‘अबको तिज, नो व्रत प्लिज’ बोलको गीत बजारमा ल्याइन् ।  हाइलाइट्स नेपालको युट्युव च्यानलबाट अपलोड भएको उक्त गीत  हिन्दू महिलाहरुको आस्थामा ठेस पुर्‍याएको भन्दै चर्को आलोचना भएपछि हाइलाइट्सले आफ्नो च्यानलबाट उक्त गीत हटाएको थियो।।

सोफियाले उक्त गीत आफ्नै रचना र संगीतमा गाएकी  थिइन् ।

चर्काे आलोचना खेपेको उक्त गीत सोफियाले अहिले तिजका गीतहरु बजारमा आइरहेका बेला पुन आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेकी छन्। 

सोफियाले गत वर्ष उक्त गीत बजारमा ल्याउदा उनलाई विभिन्न समूहले भौतिक आक्रमणको धम्की समेत आएको सोफियाले बताएकी थिइन् । 

सोफियाले यस वर्ष उक्त गीतलाई  ‘नो सङ’ नाम दिएकी छन् ।