‘ओई ओई लालुमै’ मा अञ्जली र शङ्कर छमछमी

‘ओई ओई लालुमै’ मा  अञ्जली र शङ्कर छमछमी

काठमाडौं, १३ साउन । 
खेम सेन्चुरी र देवी घर्ती मगरको स्वर ‘ओई ओई लालुमै’  बोलको तिज गीत सार्वजनिक भएको छ । 

नेत्र अर्यालको शब्द तथा खेम सेन्चुरीको लय रहेको गीतमा मोडल अञ्जली अधिकारी र शङ्कर बिसीको अभिनय रहेको   छ ।

विनोद बाजुरालीको सङ्गीत संयोजन रहेको गीतको भिडियो पनि शङ्कर बिसीले नै निर्देशन गरेका हुन् । बिसीकै कोरियोग्राफी रहेको गीतमा दुर्गा पौडेलको छायाँंकन र विकास ज्ञवालीको सम्पादन छ ।

पशुपति म्युजिक प्रालिले आफ्नो युट्युबमार्फत बाहिर ल्याएको यो गीतका निर्माता शिव पौडेल हुन् । 

यो गीत यो सामाग्री तयार पार्दासम्म एक लाख भन्दा बढी पटक हेरिएको छ ।