पशुपति शर्माले ल्याए सामाजिक सचेतना बोकेको तिज गीत

पशुपति शर्माले ल्याए सामाजिक सचेतना बोकेको तिज गीत

काठमाडौं, ९ साउन ।
हरेक तिजमा तिज गीतका कोशेली ल्याउने पशुपति शर्माले यसपालि पनि केहि तीजका गितहरुमा स्वर दिइसकेका छन् । गायक शर्माले ल्याएको तिज गीतहरुमध्ये 'नाकचरी आएको' बोलको तिज गीतलाई भने गायक शर्मा स्वयमले सबैभन्दा मनपरको बताएका छन् । 

गायक शर्मालाई मात्र होइन् यो गीत पारखीहरुलाई समेत यो गीत खास  हुन् सक्छ । पछिल्लो समय तिजका गीतका नाममा विसंगती आएको जनगुनासो आइरहेका बेला गायक शर्माले भने सामाजिक सचेतना बोकेका तिजको गीत बजारमा ल्याएका छन् । 

गायक शर्माको युट्युव च्यानलबाट सार्वजनिक भएको गीतमा अधिकाशं दर्शकले धेरैको जीवनमा मेल खाएको गीत 'सन्देशमुलक' भएको भन्दै गायक शर्माको प्रशंसा गरेका छन् । 

गीतको भिडियोमा एक विवाहित चेली पतिबाट हेपिएकी हुन्छिन् । आफ्नो जन्म दिने बुवालाई आफ्नो वेदना सुनाइरहेकी छोरीलाई अन्याय र अत्याचार सहनु हुदैन, त्यसका विरुद्दमा लड्नु पर्छ भनेर शान्त्वना दिदै छोरी हरुका लागि आफु लड्ने प्रण गर्छन् ।

गीतमा गायक शर्मालाई गायिका टिका पुनले स्वरमा साथ दिएकी छन् । पशुपति शर्मा स्वयमको अभिनय रहेको गीतमा उनलाई नायिका नम्रता सापकोटा लगायतका लगाकारले अभिनयमा साथ दिएका छन् । 

पशुपति शर्माको शब्द संगित रहेका उक्त गीतमा ऐरेन्ज सुनिल परियारले गरेका हुन् । दुर्गा पौडेलले निर्देशन गरेको उक्त गीत कुमार रानाले मिक्सिंग गरेका हुन् । 

गायक शर्माले उक्त गीत आफ्ना गीतहरुमध्येमा आफुलाई सबैभन्दा मनपरको बताएका छन् ।