रचना र सुदीपले ल्याए ‘मयूरको भालेले’

रचना र सुदीपले ल्याए ‘मयूरको भालेले’

काठमाडौं, ११ साउन । 
चर्चित गायिका रचना रिमाल र गायक सुदीप कुँवर स्वरमा रहेको गीत ‘मयूरको भालेले’ बोलको तिज गीत सार्वजनिक भएको छ ।

निर्देशक रामजी लामिछानेको निर्देशन रहेको भिडियोमा मोडल एलिना रायमाझी र निक्सको अभिनय छ । 

भिडियोमा मानकृष्ण महर्जनको छायांकन र मिराज आर्याल तथा योगेन्द्र कार्कीको सम्पादन रहेको छ । 

उक्त गीतको भिडियो सुदीप कुँवरको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।