पाँचकिलोमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड पुन अवरुद्ध

पाँचकिलोमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड पुन अवरुद्ध

१ असोज, चितवन । 
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत इच्छाकामना गाउँपालिका ६ चारकिलोमा बिहीबार बिहान पहिरो खसेपछि सडक अबरुद्द बनेको सडक सञ्चालनमा आएको १५ मिनेटमा पाँचकिलोमा पहिरो खस्दा सडक पुन अबरुद्द बनेको छ । 

बिहीबार बिहान ४ः३० बजे पहिरो खसेर  अबरुद्ध भएको सडक पन्छाएर साढे ८ बजेबाट सञ्चालनमा आएपनि पुन पौने ९ बजे पाँचकिलोमा पहिरो खसेर अबरुद्द भएको सडम पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

लामो, मध्यम र छोटा दुरीका सार्वजनिक यातायात खुलेकै दिन सडक अवरुद्ध हुदा सवारीसाधनमा सवार यात्रुहरु बीचबाटोमै रोकिएका छन् ।

यसअघि नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलो र पाँचकिलोमा पहिरो खसेर  बुधवार पनि सडक अबरुद्ध भएको थियो ।

भदौ अन्तिम साता लगातार भएको वर्षाले नारायणगढ–मुग्लिन सडकखण्डमा दर्जनबढी पहिरो खसेको थियो ।