लकडाउनमा बन्द उत्पादनमुलक उद्योगलाई विद्युत महशुल छुट (बजेट भाषणा २०७६/७७)

लकडाउनमा बन्द उत्पादनमुलक उद्योगलाई विद्युत महशुल छुट (बजेट भाषणा २०७६/७७)

१५ जेठ, काठमाडौं । 
सरकारले लकडाउनका कारण बन्द अवस्थामा रहेका उत्पादनमूलक उद्योगको विद्युत महशुलमा छुट दिने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

लकडाउन अवधिभर बन्द उद्योगले विद्युतको डिमाण्ड शुल्क छुट पाउने र माग कम हुने समयको विद्युत खपतको महशुलमा ५० प्रतिशुत छुट दिने घोषणा सरकारले गरेको छ ।