सरकारले ल्यायो १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट, चालु वर्षभन्दा ५८ अर्ब कम

सरकारले ल्यायो १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट, चालु वर्षभन्दा ५८ अर्ब कम

१५ जेठ, काठमाडौं । 
सरकारले  आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट ल्याएको छ। 

बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् ।

चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो । अर्थात, यो बजेट चालु आर्थिक वर्षका लागि ल्याइएको बजेटको तुलनामा करिब ५८ अर्ब न्यून हो।

आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाउने सरकारको योजना छ ।