देशैभरी  आकस्मिकबाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

देशैभरी  आकस्मिकबाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा
तस्विर सौजन्य : Nepal Medical Association

माघ १७, काठमाडौं । नेपाल चिकित्सक संघले शुक्रबार १ दिनका लागि देशभर आकस्मिकबाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरूपमा बन्द गर्ने घोषणा गरेको छ।

डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न सरकार गम्भीर नदेखिएको भन्दै नेपाल चिकित्सक संघले बिहीबार विज्ञप्ति निकालेर आकस्मिक बाहेक देशभरका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको हो ।

शान्तिपूर्ण विरोधका कार्यक्रमलाई समेत खल्बल्याउने प्रयास भएको भन्दै संघले गम्भीर ध्यानाकर्षण भएको जनाउदै संघले डाक्टर केसीको मागमा समर्थन जनाउँदै त्रिवि शिक्षण अस्पतालमा रिले अनसन गर्दै आएको छ ।

संघले वार्ता र संवादको माध्यमबाट वर्तमान समस्याको समाधान गर्न समेत सरकारलाई अपिल गरेको छ।