जनगुनासो आएपछि बुलबुलको पोस्टर हटाउन प्रहरीको निर्देशन

जनगुनासो आएपछि बुलबुलको पोस्टर हटाउन प्रहरीको निर्देशन
तस्विर सौजन्य : VideoFantastic.com

फागुन ६, काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको स्वस्तिमा खड्का, बुद्धि तामाङ, मुकुन भुषाल लगायतका कलाकार अभिनित चलचित्र बुलबुलको  पोस्टरमा रक्सीको एउटा ब्रान्डको प्रचार गरेको जनगुनासो आएपछि प्रहरीले राजधानीका विभिन्न स्थानमा टाँसिएका पोस्टर हटाउन निर्देशन दिएको छ ।

कानूनतः मदिराको विज्ञान गर्न नपाइने भन्दै काठमाडौं प्रहरी परिसर, टेकुले पोस्टर हटाउन निर्देशन दिएको हो । परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार आइतबार चलचित्रका निर्देशक विनोद पौडेल र प्रोड्यूसर अविरल थापालाई बोलाएर पोस्टर हटाउन निर्देशन दिइएको  छ ।

चलचित्रमा अवसर पाएमा महिलाले पनि पुरुषसरहका कामहरु गरेरै जिविकोपार्जन गर्न सक्छन भन्ने कथावस्तु झल्काइएको छ ।