'को होला त्यो' फिमेल भर्सनलाई दर्शकको माया

'को होला त्यो' फिमेल भर्सनलाई दर्शकको माया

काठमाडौं, १० असार ।

आठ वर्षअघि गायक सुनिल गिरीले गाएको गीत 'को होला त्यो मसँग आँखा जुधाउने' त्यो समयमा निकै चर्चित बनेको थियो । सोही गीत सुनिलले पुन फिमेल भर्सनमा ल्याएका छन् ।  

गायक सुनिल गिरीले अहिलेकी चर्चित गायिका अस्मिता अधिकारीको आवाजमा फिमेल भर्सन रेर्कड गराएर सुन्दर भिडियोसहित सार्वजनिक गरेका हुन् । 

सुनिल गिरीको युट्युव च्यानलबाट सार्वजनिक भएको सो गीतमा पल शाह र प्रकृति श्रेष्ठको अभिनय रहेको छ भने गीतमा अस्मिताले स्वर दिएकी छिन् । 

दर्शक स्रोताको राम्रो साथ पाएको उक्त गीत यो सामाग्री तयार पार्दासम्म नेपालको युट्युव ट्रेन्डको तेस्रो स्थानमा छ । यो गीत हालसम्म आठ लाख ४५ हजार बढिपटक हेरिएको छ ।