बालगायिका सफलताको ‘म हुँ नेपाली’ बोलको गीत सार्वजनिक

बालगायिका सफलताको ‘म हुँ नेपाली’ बोलको गीत सार्वजनिक

काठमाडौं, २ साउन ।  
बालगायिका सफलता श्रेष्ठको स्वरमा रहेको  ‘म हुँ नेपाली’ बोलको गीत सार्वजनिक भएको छ ।

संगीतकार सन्तोष श्रेष्ठको शब्द, संगीत रहेको गीत भिडियो सहित सार्वजनिक गरिएको हो । भिडियोमा पनि सफलताले नै अभिनय गरेकी छन् ।

गोल्डेन क्रियशन नामको युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा सफलताको स्वर र अभिनयको तारिफ धेरैले गरेका छन् ।

देवेन्द्र नेवाःको संगीत संयोजन, हेम प्रभास अधिकारीको निर्देशन र समिर थोकरको कोरियोग्राफी रहेको भिडियोमा अजय रेग्मीको छायाँकन रहेको छ ।

सफलता चर्चित संगीतकार सन्तोष श्रेष्ठकी छोरी हुन् ।