प्रताप र रचनाले ल्याए 'झल्को आँखैमा'

प्रताप र रचनाले ल्याए 'झल्को आँखैमा'

काठमाडौं, १२ साउन । 
गायक प्रताप दास र गायिका रचना रिमालको स्वर रहेको 'झल्को आँखैमा' बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ । 

गायक प्रताप दास र गायिका रचना रिमाल दुवै जना नेपाल आइडलमा सहभागी भएपछि चर्चामा आएका हुन् ।  

गायत तथा सर्जक जीवन कँडेलको शब्द र संगीत रहेको दोहोरी गीतमा विजय पुन र गरिमा शर्माको अभिनय रहेको छ । 

मौसम हिमालीले निर्देशन गरेको  उक्त गीत जीवन साथी युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ  । 

गीतको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्:

https://www.youtube.com/watch?v=zdmpa6k4ItU