मेलिना र आरसीको स्वरमा 'ठूल्दाइको फूलमाला' युट्युबमा

मेलिना र आरसीको स्वरमा 'ठूल्दाइको फूलमाला' युट्युबमा

काठमाडौं, १९ असार । 
मेलिना राई र आरसी रिमालको स्वरमा ‘ठूल्दाइको फूलमाला’ बोलको गीत सार्वजनिक भएको छ । 

शुक्रबार सो गीतको म्युजिक भिडियो एमएनटिभी अष्ट्रेलिया नामको युट्युबमा च्यानलबाट सार्वजनिक गरिएको छ। 

गीतमा शब्द एवं संगीत दिपक सिलवालको  रहेको छ भने एरेन्ज सहस शाक्यले गरेका हुन्।

गीतको भिडियोमा डान्स ग्रुप ‘द कार्टुन क्रु’ का सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय छ भने शिशिर भण्डारी, रीता कट्टेल र बाल कलाकार किञ्जल रसाईलीलाई अभिनय हेर्न सकिन्छ ।

गीतका डाइरेक्टर माइकल चन्द हुन् ।