लोकतन्त्र माथि हमला हुदा देशमा गम्भीर राजनीतिक सङ्कट देखापर्याे: प्रचण्ड

लोकतन्त्र माथि हमला हुदा देशमा गम्भीर राजनीतिक सङ्कट देखापर्याे: प्रचण्ड

विराटनगर, १६ माघ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले देशमा अहिले गम्भीर राजनीतिक सङ्कट देखापरेको बताएका छन् । 

शुक्रबार विराटनगरमा प्रचण्ड–नेपाल समूहद्वारा आयोजित प्रतिनिधिसभा विघटनविरुद्ध विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्रीले ओलीले संसद् विघटन मात्र नगरी लोकतन्त्र माथि नै हमला गरेका बताए।

पार्टी एकीकरण भएको तीन वर्ष नपुग्दै बीचमै पार्टी फुटेको चर्चा गर्दै अध्यक्ष दाहालले सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमतिलाई लत्याइएको बताए। 

आवश्यक परे सभामुखले संसद् बोलाउने र संसद् चलाउने चर्चा गर्दै  ओलीले देशमा भ्रष्टाचार गर्नेलाई पक्षपोषण गरेको आरोप लगाए । 

अध्यक्ष दाहालले पार्टीमा दुईतिहाई बहुमत रहेकोले यो पार्टी हाम्रो हो भन्दै सर्वोच्चले लोकतन्त्र र संविधानको भावनाअनुसार फैसला गर्ने आफूले विश्वास लिएको बताए। 'सबैभन्दा ठूलो अदालत जनता नै हो, त्यसैले जनता माथि भरोसा छ ।' उनले भने ।