काँग्रेसले सरकारलाई आश्चर्यचकित बनाउँछ : गगन थापा 

काँग्रेसले सरकारलाई आश्चर्यचकित बनाउँछ : गगन थापा 
तस्विर सौजन्य : द हिमालयन टाइम्स

माघ २०, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका गलत कामविरुद्ध सडक र सदन सर्घंष गर्ने चेतावनी दिएको छ । 

चिकित्सा शिक्षा सुधारलगायतका विषयमा आफूहरुले उठाएको मागलाई दुईतिहाईकोे दम्भ र अंहकारबाट मिच्ने काम गरेको भन्दै कांग्रेसले सरकारका गतल कामविरुद्ध सशक्त प्रतिकार गर्ने चेतावनी दिएको हो । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका सांसद गगन थापाले सरकारका गलत कामविरुद्ध आश्चर्यजनक ढंगले प्रतिकारमा उत्रने बताएका छन् ।

थापाले भने,‘एउटा जोगी डाक्टरले सरकारसँग निहु खोज्यो । त्यो पनि दुई तिहाईको सरकारसँग । सरकारले देखाइदियो । सरकारलाई बधाई छ । सरकारको अपार सफलतामा माननीय सांसदहरु खुसी नहुने कुरै भएन तर, खुसी हुनेहरुको लाममा अरु पनि उभिएका रहेछन् ।’ साथै उनले कांग्रेसको विरोधका बीच विधेयक पारित गर्ने लागि परेका सत्ता पक्षका सांसद्हरुप्रति पनि व्यङ्ग्य गरे ।

थापाले भने, ‘हामीले सरकारले प्रतिपक्षी दलसँग गरिएको व्यवहार सम्झिरहने छौँ । सरकार संसारलाई आश्चर्यचकित बनाउने काममा लागिरहोस् । प्रतिपक्षी देखिएन भनेको होइन सरकारले रु  प्रतिपक्षी सुनिएन भनेको होइन सरकारले रु भोलिदेखि सडकबाट पनि सदनबाट पनि सरकारलाई प्रतिपक्षी कहाँ छ रु भनेर पनि देखाउछौँ । र अब सरकारलाई आश्चर्यचकित पार्ने पालो  हाम्रो । सरकारलाई प्रतिपक्षी देखाएर प्रतिपक्षी कस्तो हुँदो रहेछ भनेर आश्चर्य पार्छौँ ।’

गगन थापाले बोलेसँगै माघ ८ गतेदेखि अवरुद्ध संसद पूर्णरुपमा सुचारु भएको छ ।