जनप्रतिनिधीलाई ओलीको निर्देशन : लुटेरा समूहलाई चन्दा नदिनुस्

जनप्रतिनिधीलाई ओलीको निर्देशन : लुटेरा समूहलाई चन्दा नदिनुस्

फागुन २९, काठमाडौं । 
प्रधानमन्त्री केपी ओलीले लुटपाट गर्ने समूहलाई चन्दा नदिन जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।  

नेपाल नगरपालिका संघको २६ औं स्थापना दिवसका अवसरमा बुधवार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लवतर्फ संकेत गर्दै भने, 'लुटेराहरुले तपाईंहरुलाई धम्क्याउलान् ,चन्दा माग्लान् तर उनीहरुलाई चन्दा नदिनुहोस् ।' 

ओलीले नेपालबाट पृथकतावादी आन्दोलन समाप्त भएको बताउदै भने  ‘पृथकतावादका नाममा ठाउँठाउँमा कार्यपत्र प्रस्तुत गरेर हिड्नेहरुले अहिले यसको बिरोध गरेका छन्’, । 

प्रधानमन्त्री ओलीले स्थानीय तहका अधिकारका विषयमा नगरपालिका संघ, गाउँपालिका महासंघ र जिल्ला समन्वय समिति महासंघका प्रतिनिधिहरुसँग छलफल गर्ने बताए ।