हतियार बोकेर लुरुलुरु आएर बुझाए हुन्छ : प्रधानमन्त्री ओली

हतियार बोकेर लुरुलुरु आएर बुझाए हुन्छ : प्रधानमन्त्री ओली
तस्विर सौजन्य : The Rising Nepal

चैत १०, काठमाडौं । 
प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई हतियार समयमै बुझाउन सुझाव दिएका छन् । 

 आइतबार  चालू अधिवेशन सकिनुअघि संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, "हतियार बुझाउन समय दिइएको छ, यो समयभित्र हतियार बोकेर लुरुलुरु आएर बुझाए हुन्छ। यदि समय नबुझाए कसरी हतियार लिनुपर्छ सरकारलाई थाहा छ । सरकारले भने अनुरुप हतियार बुझाएर संविधान र कानून अनुरुप छुट हुन्छ ।"

प्रधानमन्त्री ओलीले  विकास निर्माणतर्फ अगाडि बढिरहेको बेला विकास निर्माणमा बाधा पुर्‍याउने काममा कसैलाइ छुट नहुने भन्दै  हतियार नबुझए समस्या उत्पन्न हुने समेत चेतावनी दिएका हुन्।