नवलपरासीको जग्गा बेचेर बालुवाटारमा किने : विष्णु पौडेल

नवलपरासीको जग्गा बेचेर बालुवाटारमा किने  : विष्णु पौडेल
तस्विर सौजन्य : nayapatrikadaily

बैशाख ६, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले आज दास्रो वक्तब्य जारी गर्दै २०६१ सालमा नवलपरासीको बर्दघाटस्थित आफ्नो ८ कठ्ठा जग्गा बेचेर आएको रकमले बालुवाटारमा ८ आना जग्गा खरिद गरेको बताएका छन्। 

छोरा नविन पौडेलको नाममा २०६१ पुस २९ गते किनिएको ८ आना जग्गालाई लिएर विवाद आएपछि पौडेलले शुक्रवार साँझ वक्तव्यमार्फत जग्गा प्रकरणमा ६ बुँदे प्रष्टिकरण दिएका हुन् । 

महासचिव पौडेलले गैरकानुनी रुपमा दर्ता भएका जग्गाको दर्ता बदर गरी सरकारको नाममा कायम गर्ने तथा यस्ता कार्यमा संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम कारवाही गर्ने सरकारको अभियानमा आफूले सघाइरहेको जनाउदै ग्गा किर्ते प्रकरणबारे सरकारले छानबिन गरिरहेको र त्यसको निश्कर्ष आफूलाई स्वीकार्य हुने जनाएका छन् ।

महासचिव पौडेलले बालुवाटारस्थित सरकारी जग्गा गैरकानुनी रुपले व्यक्तिका नाममा भनाएको दर्ता बदर गरी सरकारकै नाममा कायम गर्न सरकारले चालेको कदमलाई स्वागत र समर्थन गरेका छन् ।

महासचिव पौडेलले आफू मन्त्री सांसद वा कुनै पनि तहको जनप्रतिनिधिको जिम्मेवारीमा नरहेको बेला बर्दघाटमा श्रीमतीको नाममा रहेको जग्गा बेचेर बालुवाटारको जग्गा खरिद गरिएको प्रष्ट पारेका छन् ।

Image may contain: text