बुटवलमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा

बुटवलमा प्रधानमन्त्री ओलीलाई  कालो झण्डा

बैशाख ७, बुटवल । 

 

प्रधानमन्त्री ओलीले बुटवलको ऐतिहासिक जीतगढी किल्लाको विजयउत्सव समारोहलाई सम्बोधन गरिरहेको बेला एक युवाले कालो झण्डा देखाएका हुन् ।

मञ्चको अगाडि पत्रकारहरु भएको ठाउँ नजिकै आएर रातो सर्ट लगाएका युवकले कालो झण्डा देखाएका हुन।सम्बोधन गरिरहेका प्रधानमन्त्री ओलीले 'कालोझण्डा देखाइराखेको छ के हेरेर बस्या होला ?' भन्दै प्रश्न गरेपछि उनलाइ प्रहरीले नियन्त्रणमा लिएकाे थियाे । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, अनुसन्धान ब्युरो र नगरप्रहरीसहित ५ तहको सुरक्षा घेरालाई तोड्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार कालो झण्डा देखाउदै राष्ट्रियता जिन्दावाद, मेरो देश प्राणभन्दा प्यारो छ , उजिर सिंह जिन्दावाद भन्दै नाराबाजी गरेका हुन् । 

प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने अर्घखाँची घर भई हाल बुटवल बसोवास गरेका रुद्र प्रसाद घिमिरे रहेका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान  गरिरहेको छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटवलमा कालो झण्डा देखाइएको छ ।

ऐतिहासिक जीतगढी किल्लाको विजयोत्सव समारोहलाई सम्बोधन गरिरहेको बेला एक युवाले प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएका हुन् ।

अर्घाखाचीका रुद्र प्रसाद घिमिरेले प्रधानमन्त्रीले भाषण गरिरहेको बेलामा भीडबाट बाहिर निस्किएर कालो झण्डा देखाएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।