समाजवादी फोरम र नयाँ शक्तिबीच भयो पार्टी एकता

समाजवादी फोरम र नयाँ शक्तिबीच भयो पार्टी एकता
तस्विर सौजन्य : facebook (Dr. Baburam Bhattarai)

वैशाख २३, काठमाडौं । 
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी एकीकरण भई समाजवादी पार्टी नेपालको जन्म भएको छ ।

फोरमबाट १६ जना र नयाँ शक्तिबाट ९ जना गरी २५ पदाधिकारी रहने यो पार्टीमा दुई पदाधिकारी भने चयन हुन बाँकी छ ।

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरमको एकतापछिको एकीकृत दल समाजवादी पार्टी नेपालमा दुई अध्यक्ष रहने भएका छन् ।

उपेन्द्र यादव पार्टीको कार्यकारी अध्यक्ष बन्ने छन् भने डा. बाबुराम भट्टराई संघीय परिषद अध्यक्ष बन्ने भएका छन् ।

एकीकृत पार्टीको महाधिवेशन भने आगामी असोज ७, ८ र ९गते जनकपुरमा गर्ने सहमति भएको छ ।