अध्यक्षद्वयले सहमतिअनुुसार आलोपालो सरकार चलाउनुपर्छ : वामदेव

अध्यक्षद्वयले सहमतिअनुुसार आलोपालो सरकार चलाउनुपर्छ : वामदेव
तस्विर सौजन्य : Mero Tribune

जेठ १७, काठमाडौं । 
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा वरिष्ठ नेता वामेदव गौतमले दुबै जना अध्यक्षद्वयले सहमती अनुसार आलोपालो सरकार चलाउनुपर्ने बताएका छन् । 

प्रेस सगंठन प्यूठानले शुक्रबार जुर्मीमा आयोजना गरेको पत्रकार भेटकाट कार्यक्रममा बोल्दै नेता गौतमले दुई अध्यक्षबीच भएको सहमति कार्वान्वयन हुनु पर्ने कुरामा जोड दिदै एकै व्यक्ति दुई पदमा हुन नहुने बताएका छन् । 

‘कि अध्यक्षद्वयले आलोपालो सरकार चलाउनुपर्छ, हैन भने प्रधानमन्त्रीले अध्यक्ष पद छाड्नुपर्छ', उनले भने ‘नेतृत्वले सहमति बुझ्नुपर्छ, त्यो सहमति उल्लंघन गरिए‘ पार्टी एकता बिथोलिने खतरा छ, जे सहमति भएको छ, त्यही अनुरुप पार्टी अगाडि बढ्नुपर्छ ।’

नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालको पनि त्यस्तै धारणा रहेको बताउँदै उनले सबैलाई मिलाएर लैजान आवश्यक रहेको बताए।