प्रधानमन्त्री ओली तथा टर्कीका उपराष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री ओली तथा टर्कीका उपराष्ट्रपतिबीच भेटवार्ता

जेष्ठ २७, काठमाडौं । 
युरोप भ्रमणका क्रममा स्विट्जरल्याण्डको जेनेभामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार त्यहाँस्थित राष्ट्रसंघीय भवनमा टर्कीका उपराष्ट्रपति फुआत ओक्तेसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।

उनीहरुबीच दुई देशबीचको आपसी सम्बन्ध र हितका बारेमा छलफल भएको छ । भेटका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भटृराई तथा परराष्ट्र सचिव शङ्करदास वैरागीको उपस्थिति थियो ।

प्रधानमन्त्री ओलीको स्वीस महासंघका काउन्सिलरसमेत रहेका स्वीट्जरल्याण्डका वर्तमान गृहमन्त्री आलेँ बेरसे र नर्वेका प्रधानमन्त्री एर्ना सोल्वर्गसँग आजै भेटवार्ता हुने कार्यक्रम रहेको थियो ।