देउवा आफैं वेल घेर्न आउँदा आश्चार्यचकित भएँ : प्रधानमन्त्री ओली

देउवा आफैं वेल घेर्न आउँदा आश्चार्यचकित भएँ : प्रधानमन्त्री ओली

असार ३, काठमाडौं । 
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एंव संसदीय दलका नेता शेरबहादुर देउवाको व्यवहारबाट आफू आश्चार्यचकित भएको बताएका छन्।

संसदमा सम्बोधन गर्ने आफ्नो कार्यक्रममा कांग्रेसले  अवरोध गरेपछि मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गरेका प्रधानमन्त्री ओलीले  हरेक क्षेत्रमा निहुँ खोज्ने काम भइरहेको बताए।

पहिले प्रधानमन्त्री, त्यसपछि विपक्षी दलका नेता र वरियताक्रमअनुसार अरुले बोल्ने भन्दै उनले भने, ‘मलाई आश्चर्य लाग्यो मेरा मित्र, शेरबहादुर देउवाजी आफैं प्रधानमन्त्रीले होइन, मैले पहिला बोल्नुपर्छ भनेर वेल घेर्न नेतृत्व गर्नुभयो । आश्चर्यतकित भएँ म, उहाँलाई संसदीय मर्यादा थाहा हुनुपर्ने हो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी कांग्रेसमाथि संसदमा असंसदीय र अमर्यादित व्यवहार देखाएको आरोप लगाए । 

मंगलबार प्रधानमन्त्रीले सम्बोधन गर्न खोज्दा कांग्रेस सांसदहरुले अवरोध गरेका थिए । विपक्षी दलका नेताले बोलेपछि प्राधनमन्त्रीले जवाफ दिनुपर्ने कांग्रेसको माग थियो ।