राजनीतिक ढंगबाटै विप्लव समस्या समाधान गर्नुपर्छ : डा. भट्टराई

राजनीतिक ढंगबाटै विप्लव समस्या समाधान गर्नुपर्छ : डा. भट्टराई

असार १६, गोरखा । 
सामाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले राजनीतिक ढंगबाटै विप्लव समस्या समाधान गर्नुपर्ने बताएका छन् । 

आइतबार आयोजित रोपाइँ कार्यक्रममा सहभागी हुन गृह जिल्ला आइपुगेका भट्टराईले गोरखा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा विप्लव समस्याबारे बोल्दै भट्टराईले भने, ‘यस्तो गर्नु गलत हो, राजनीतिक ढंगबाटै विप्लव समस्या समाधान गर्नुपर्छ ।

भट्टराइले तत्कालीन माओवादी र एमालेको पार्टी एकता दुर्भाग्यपूर्ण भएको बताउदै  विपरीत दिशामा तानिएका दुई पार्टीको एकताकै कारण देशमा अहिले गतिरोध उत्पन्न भएको दाबी गरे । उनले अघि भने  ‘दायाँ र बायाँ फर्केको गोरुलाई नारेर कहिल्यै जोत्न सकिँदैन, एमाले पछाडि फर्कन खोज्ने शक्ति तर माओवादी अगाडि बढ्न खोज्ने यी दुवै नारिएर काम हुँदैन ।’ 

केही समयअघि मात्रै आफू नेतृत्वको नयाँ शक्तिलाई संघीय समाजवादी फोरमसँग एकता गराएका भट्टराईले पुराना शक्तिसँग कुनै हालतमा एकता नहुने पनि बताए ।